विश्वभर महामारीको रूपमा फैलिएको कोराेना भाइरसबाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार बितेका ७ दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ नेपालीको मृत्यु भएको छ।
शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीको कोरोनाका कारण मृत्यु भएका छ ।
संघका अनुसार २८ हजार ६ सय ८१ जना नेपाली कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७