पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिएको अपडेट अनुसार ५ जिल्लाका थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
निर्देशनालयका अनुसार तनहुँका ३ जना, नवलपरासी पूर्वका ११ जना, म्याग्दीका ९ जना, गोरखा र कास्कीका १-१ जनामा काेराेना देखिएकाे हाे ।
थपिएका संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७