काठमाडौं । नेपालमा मंगलबार थप १ सय १६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १ सय १६ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १७ हजार ६१ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन् ।
काेराेना संक्रमणका कारण हालसम्म ३८ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७