सुर्खेत । कर्णाली प्रदेशसभाका १ सदस्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणमा उनमा कोरोना देखिएको हो ।
कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको बताइएकाे छ । उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७