काठमाडाैं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घन्टामा मुलुकभर १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जना संक्रमणमुक्त भएर घर फर्किएकाे जानकारी दिए ।
यससँगै नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ८ हजार ११ पुगेको छ ।
यसैबीच शुक्रबार थपिएका १ सय १८ जना संक्रमितमध्ये काठमाडाैं उपत्यकाका मात्र ४२ जना छन् ।
गाैतमका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडौंका १ जना रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, पाटन अस्पतालको प्रयोगशालमा भक्तपुरका १, काठमाडौंका १५ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, महाराजगन्जस्थित टिचिङ अस्तालको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना देखिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७