काठमाडाैं । नेपालमा बिहीबार १ सय ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप १ सय ३९ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
हालसम्म संक्रमितमध्ये ३५ जनाको मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७