काठमाडाैं । नेपालमा बुधबार थप २ सय ५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा २ सय ५५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको हो ।
योसँगै नेपालमा काेराेना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका मात्र २३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १६ जना र ललितपुरमा ७ जना संक्रमित देखिएका हुन् ।
यससँगै काठमाडौंमा १ सय ९१ जना, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् ।
कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २ सय ५३ जना घर फर्किएका छन्।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७