काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो ।
केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा उनकाे शल्यक्रिया गरिएको हो ।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा आफैले बेहोरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन् ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७