काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौँका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका ४ र ललितपुरका १० जनामा संक्रमण देखिएको हो ।
आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । अछाम र बैतडीका ११-११, महोत्तरीका ९, धनुषा र अर्घाखाँचीका ८-८, डोटीका ७, मोरङ र डडेल्धुराका ६-६, सल्यान, रुकुम पश्चिम र नवलपसारीका ५-५, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका ३-३, तनहुँ, पाल्पा र बर्दियाका २-२ तथा झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यीसँगै पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ४ जनामा काेराेना पुष्टि भएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७