काठमाडौं । अस्पतालमा भर्ना भएर उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् ।
केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको हाे ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार संक्रमितकाे सम्पर्कमा आएकाहरूकाे पहिचान (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७