काठमाडाैं । स्वास्थ्य मन्त्रालय र 'इनफ इज इनफ' अभियान समूहबीच १२ बुदें सहमति भएपछि ईशान ई र पुकार बमले अनसन तोडेका छन्।
आज अभियानकर्मी र सरकारबीच १२ बुँदे सहमति भएको हाे । सरकारले अबदेखि आरडिटी परीक्षण स्थगित गर्ने र चिकित्सकको सुझावअनुसार पिसिआर परीक्षण गर्ने सहमति गरेको छ ।
बिहीबार औपचारिक रूपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमक्ष अभियन्ताहरूले आफ्ना माग पेस गरेका थिए।
सोही दिनदेखि स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूबीच पटकपटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन ।
जोखिममा रहेका सबैको राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्ने लगाएतका सहमति भएको छ ।
सम्झौताअनुसारको काम नभएमा पुनः त्यही ठाउँमा गएर अनसन बस्न बाध्य हुने ई: ले चेतावनी दिएका छन् ।
हेर्नुहाेस् सहमतिका १ बुँदाः


प्रकाशित मिति: मंगलबार, असार २३, २०७७