काठमाडौँ । साेमबार थपिएका १ सय ८० जनामध्ये काठमाडौँ उपत्यकाका मात्रै ५४ रहेकाे पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौँका २३ जना र ललितपुरका २० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणका काठमाडौँका थप १ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । हालसम्म ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७