पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माका अनुसार साेमबार थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।
थपिएका संक्रमितहरूमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जना छन् ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७