काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २७, भक्तपुरमा १ र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे ।
उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५ जना र वीर अस्पतालको प्रयोगशालामा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यसैगरी ललितपुर र भक्तपुरमा पनि ३ जना काेराेना संक्रमित थपिएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाए ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७