काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४ सय १५ पुगेको छ।
नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे छ । शनिबार मृत्यु पुष्टि हुनेमा गाेरखाका १ जना र रुपन्देहीका १ जना छन् ।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारत रहेको अवस्थामा शनिबार बिहान मृत्यु भएको हाे ।
यसैगरी रुपन्देहीकाे देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भएकाे र १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७