गाेरखा । कोरोना भाइरसकाे संक्रमणका कारण नेपालमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा गाेरखाकाे पालुङटार नगरपालिका-७ पुर्नेपिपलका ४४ वर्षका पुरुष छन् ।
शुक्रबार गोरखा अस्पतालको आइसोलेसनमा भर्ना भएका ती संक्रमितको शनिबार बिहान ५ बजे मृत्यु भएको गाेरखा अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेहका रोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ भने नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३३ पुगेकाे छ ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७