काठमाडौं । नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिनमा यति धेरै संख्यामा संक्रमित भेटिएकाे याे पहिलाे पटक हाे ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
यसैगरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ । शुक्रबार थप १ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे ।
मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार ती वृद्ध छाती दुखेको र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए ।
यसैगरी प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८ सय २३ जना घर फर्किएका छन् । यससँगै हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७