काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा ४ जिल्लाका ४ महिला र २८ पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो समय सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १९ जना संक्रमित फेला परेका छन्। त्यस्तै तनहुँमा नौ, पर्वतमा तीन र बागलुङमा एकजनामा संक्रमण पुष्टि भएको छ।
संक्रमित देखिएका सबैलाई सम्बन्धित जिल्लाहरूको आइसोलेसनमा राख्ने तयारी भइरहेको निर्देशनालयले विज्ञप्ति निकालेर जनाएको छ।
यससँगै प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ६३ पुगेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७