काठमाडाैं । नेपालमा बिहीबार थप ४ सय ७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएकाे परीक्षणमा ४ सय ७३ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ आएकाे हाे । आज थपिएका संक्रमितमध्ये १ सय ९ महिला र ३ सय ६४ जना पुरुष छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
यसैगरी गौतमका अनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।
मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइएको छ ।
शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७