काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गरी सरकारी निवास बालुवाटार फर्किएका छन् ।
मुटुमा केही समस्या आएजस्ताे लागेपछि परीक्षणका लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पुगेका थिए ।
उनी परीक्षण गरी निवास फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सहिद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ’, सामाजिक सञ्जाल ट्विटरमा थापाले लेखेका छन् ।
पार्टीभित्र देखिएका तीव्र विवादका कारण उनकाे धपेडी बढेकाे छ ।
केही महिनाअघि उनकाे दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७