काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।
मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन् । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो ।
तर सचिवालयले भने नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएकाे जनाएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली बुधबार दिउँसो अस्पताल गएको जानकारी दिए ।
अस्पताल स्राेतका अनुसार अहिले उनको मुटु सम्बन्धी परीक्षण भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७