काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक रूपमा उपत्यकामा संक्रमित थपिने क्रम बढ्दाे छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
गाैतमका अनुसार बुधबार काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र १ महिला र ललितपुरका ३ महिला र २ पुरुषमा संक्रमण देखिएको हो ।
यसअघि सोमबार उपत्यकामा ८ जना र मंगलबार १४ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७