काठमाडाैं । नेपालमा बुधबार ४ सय ८२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशका २३ वटा प्रयोगशालामा गिरएकाे पिसिआर परीक्षणमा १ सय १७ महिला र ३ सय ६५ जना पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ४६ पुगेको छ । आज थपिएका संक्रमितहरूमध्ये काठमाडौं उपत्यकाका १७ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमा झापाका २१ जना, सिराहाका २ जना, सुनसरीका १ जना, इलामका २ जना, मोरङका ३ जना, र ताप्लेजुङका १ जना, पर्साका १ जना, धनुषाका २१, महोत्तरीका ३६ जना, अछाम ५९ जना, बझाङका १८ जना, गोरखाका २ जना छन् ।
यसैगरी कैलालीका १४ जना, कञ्चनपुर र पर्वतका १-१ जना, काठमाडौँका १० जना, गोरखाका १ जना, चितवनका १२ जना, झापाका १ जना, नवलपरासी पूर्वका ११ जना छन् ।
त्यस्तै बाराका एक जना, भक्तपुरका २ जना, ललितपुरका ५ जना, डोटीका ७ जना, अछामका ६७, बाजुराका ४३ जना, डोटीका ११ जना, कैलालीका १३ जना, कन्चनपुरका ९ जना, बाग्लुङ ३ जना, स्याङजाका ८ जना, तनहुँका १ जनामा पनि काेराेना देखिएकाे छ ।
यस्तै कास्कीका ३ जना, लमजुङका १० जना, अर्घाखाँचीका १ जना, गुल्मीका ८ जना, नवलपरासीका १ जना, पाल्पाका २ जना, बाँकेका ११ जना, बर्दियाका ११ जना, दैलेखका २ जना, कालिकोटका २ , सल्यानका १२ जना, सुर्खेतका २२ जना, दाङका २ जना, जुम्लाका १ जना, बैतडीका १ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । यससँगै नेपालमा काेराेनामुक्त हुनेकाे संख्या ४ हजार ६ सय ५६ पुगेकाे छ ।
संक्रमितहरूमध्ये ३० जनाकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता डा. गाैतमले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७