काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितहरु स्याङजाका १ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र कास्कीका ८ जना छन् ।
तनहुँको ब्यासमा ३ पुरुष र २ महिला गरी ५ जना, स्याङ्जाको पुतलीबजारमा १ पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी र मध्यनेपालमा १-१ जना महिला र मादीमा १ जना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र १ महिलामा काेराेना संक्रमण देखिएकाे हाे ।
यससँगै गण्डकीमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ९ सयय ६६ पुगेकाे छ । यस्तै हालसम्म २ सय १४ जना संक्रमणमुक्त भएर घर फर्किएको निर्देशनालयले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७