दैलेख । दैलेखमा ७ जनाको स्वाब संकलन गरेर पिसिआर मेसिनबाट औपचारिक परीक्षण सुरु गरिएको छ ।
दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब संकलन गरिएको हो ।
भेरी अञ्चल अस्पताल नेपालगन्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन् । आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए।
दैलेखमा ७ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेसन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फर्किसकेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७