ललितपुर । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप १ जनाकाे मृत्यु भएकाे छ ।
ललितपुरकाे स्टार अस्पतालमा उपचाररत २९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
रौतहट घर भएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएपछि कोरोनाको आशंकामा नमुना परीक्षण परी परीक्षण गरिएको थियो । परीक्षण रिपाेर्टमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७