काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशका विभिन्न विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ५ सय ९३ जना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४८ जना डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष छन् ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् ।
संक्रमितमध्ये २६ जनाको मृत्यु भइसकेको छ। हालसम्म रसुवाबाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७