काठमाडाैं । नेपालमा बुधबार थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १० जना महिला र ५ सय १९ पुरुष गरी ६ सय २९ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बुधबार थपिएका संक्रमितहरूमा झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका २१ जना, अछामका २३ जना, बैतडीका ४ जना, बाजुराका ७ जना, डोटीका ४८ जना, कैलालीमा १ सय ५१ जना, कञ्चनपुरका ८७ जना रौतहटका ४४ जना छन् ।
यसैगरी धादिङका २ जना, काठमाडौँका १ जना, चितवनका १ जना, तनहुँका १ जना, नवलपरासी पूर्वका ५ जना, पाल्पाका १५ जना, भक्तपुरका १ जना, गोरखाका ३ जना, कास्कीका ९ जना, बागलुङका ९ जना, लमजुङका ५ जना, पर्वतका १ जना, स्याङजाका ७ जनामा पनि काेराेना पाेजेटिभ पाइएकाे छ ।
त्यसैगरी गुल्मीका ५ जना, कपिलवस्तुका १ जना, रुपन्देहीका १ जना, बाँकेका ९ जना, बर्दियाका १ जना, दाङका ७६ जना, प्युठानका १० जना, जाजरकोटका १ जना, सुर्खेतका १४ जना, दैलेखका ४ जना र बाजुराका १ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा १ सय १४ जना उपचारपछि निकाे भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा काेराेनामुक्त हुनेकाे संख्या २ हजार ३ सय ३८ पुगेकाे छ ।
यसैगरी काेराेनाका कारण हालसम्म २४ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७