काठमाडौं । गण्डकी प्रदेशमा साेमबार थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
साेमबार स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितमा २ जना महिला र १८ जना पुरुष छन्।
उनका अनुसार सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७