काठमाडौं । आइतबार नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
यसैगरी आइतबार काेराेना संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ। गुल्मी छत्रकाेट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषकाे मृत्यु भएकाे गाैतमले जानकारी दिए ।
पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ।
यस्तै आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
यसैगरी हालसम्म देशका ७५ जिल्लामा काेराेना देखिएकाे गाैतमले बताए।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७