पाेखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितहरूमा बाग्लुङका ९ जना, म्याग्दीका ४, पर्वतका २ र तनहुँका १ जना जना रहेकाेप्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन्।
यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र ९ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् ।
यसैगरी तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको डा शर्माले जानकारी दिए ।
यसैगरी गण्डकी प्रदेशबाट हालसम्म ४९ जना निको भएर घर फर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७