काठमाडौं । नेपालमा शनिबार थप ३ सय ३१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जना नयाँ संक्रमित थपिएको बताए । यीमध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष छन् ।
हालसम्म नेपालका ७४ जिल्लामा संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १ हजार ५ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । जसमा १ सय ४१ महिला र १ हजार ४ सय ३७ जना पुरुष छन् ।
यसैगरीअहिलेसम्म कोरोनाबाट २२ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७