काठमाडौं । गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङका ५८ जनामा कोरोना देखिएकाे हाे ।
पछिल्लाे अपडेट अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमितहरुमध्ये १ बालिका बाहेक सबै पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
भारतबाट आएर क्वारिन्टिनमा बस्दै आएका उनीहरुलाई संक्रमण पोजेटिभ देखिएसँगै सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७