काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशैभर ४ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ८८ महिला र ३ सय ३८ पुरुषमा काेराेना पुष्टि भएकाे हाे ।
उनका अनुसार देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमध्ये ७ सय ७७ जना महिला छन् भने पुरुष ७ हजार ५ सय ६७ जना छन् ।
संक्रमण फैलिएको जिल्लाको संख्या ७४ पुगेको छ । आज पनि काठमाडौंका २ महिला र १ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको उनले बताए ।
यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा २ सय १६ जना डिस्चार्ज भएका छन् । जसमध्ये ९ जना महिला र २ सय ७ जना पुरुष छन् । योसहित डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
यसैगरी हालसम्म २२ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७