काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन २ सय २४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ९९ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय ९९ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जना र भेरी अस्पतालमा गरिएकाे परीक्षणमा १ जना गरी २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने १ सय ११ जना भने डिस्चार्ज भइसकेका छन् ।
सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा ४० हजार ४ सय ७२ जना छन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् । १ सय १९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७