काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । याे एक दिनमा पुष्टि भएकाे हालसम्मकै उच्च संख्या हाे ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ८६ जनाको रिपोर्ट पोजिटिभ आएको बताए ।
बुधबार थपिएका संक्रमितमध्ये ४० महिला र ५ सय ४६ जना पुरुष छन् । प्रवक्ता डा. गौतमका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ ।
त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनामा काेराेना पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ भने निकाे भएर घर फर्किनेकाे संख्या १ हजार १ सय ६७ पुगेकाे छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७