काठमाडाैं । गएकाे साेमबार मृत्यु भएकी बाँकेकी ४६ वर्षीय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या २० पुगेकाे छ ।
बाँकेको बैजनाथ गाँउपालिकाकी ती महिलाकाे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा साेमबार साँझ निधन भएकाे थियाे । मंगलबार अाएकाे परीक्षण रिपाेर्टमा ती महिलामा काेराेना पाेजेटिभ देखिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
उनका अनुसार फाेक्साेमा समस्या देखिएपछि ती महिलालाई ३० जेठमा अस्पतल भर्ना गरिएकाे थियाे । भर्ना भएलगत्तै काेराेना परीक्षणका लागि थ्राेट स्वाब लिइएकाे थियाे ।
उनकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएकाे छ । याेसँगै बाँकेमा काेराेनाका कारण २ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७