काठमाडाैं । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६ हजार ५ सय ९१ पुगेको छ । मंगलबार मात्रै ३ सय ८० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापा र पाँचथरका १-१ जना, धरानमा भएको परीक्षणमा सुनसरी र सिरहाका गरी ४ जना, जनकपुरमा भएको परीक्षणमा रौतहटका ३८ र महोत्तरीका १७ गरी ५५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका २ जना, बाग्लुङका १ जना, तनहुँका १ जना, कास्कीका ३ जना र स्याङ्जाका ४ जनामा काेराेना पुष्टि भएको छ ।
यसैगरी सेती अस्पतालमा भएको परीक्षणमा अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना र कैलालीका २३ जना गरी ७६ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बाँकेका १ र बर्दियाका ९ जना गरी १० जना, राजविराजमा भएको परीक्षणमा सप्तरीका ३ जना, भरतपुरमा भएको परीक्षणमा नवलपरासी पूर्वका १ जनामा कोरोना देखिएको छ ।
यस्तै रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ९ र रुपन्देहीका १ जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जना, धुलिखेलमा भएको परीक्षणमा धनुषाका २१ र रामेछापका १ जनामा संक्रमण देखिएको छ ।
दाङमा भएको परीक्षणमा सल्यानका १ जना, दाङका ५६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडाैंका १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौतहटका १४ जना, रोल्पाका १ जना, रुपन्देहीका ३ र सर्लाहीका १६ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी नेपालमा थप १ सय १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै निकाे हुनेकाे संख्या १ हजार १ सय ५८ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७