धनगढी । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत १ जना स्टाफ नर्सलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सोमबार ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ वर्षीया स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिइन् ।
अहिले आइसोलेसनमा राखेर उनको उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत कोरोना परीक्षण गर्ने तयारी गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७