काठमाडाैं । मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बाग्लुङमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् ।
याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । गोरखा नगरपालिकाका २१ देखि ५३ वर्षका ७ पुरुष र १ महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका १ जना पुरुषमा काेराेना देखिएकाे हाे ।
यसैगरी स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका ४ जना पुरुष, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७