काठमाडौं । सोमबार एकै दिन ४ सय ५१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ३५ जना महिला र ४ सय १६ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षण ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनामा काेराेना देखिएकाे हाे ।
यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्इ विज्ञान प्रतिष्ठन दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौँडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६२११ पुगेको छ। तीमध्ये ५ हजार ७ सय ४० जना पुरुष र ४ सय ७१ जना महिला छन् ।
यस्तै सोमबार थप ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।
योसहित निको भएर घर फर्किनेकाे संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये ९ सय ३७ पुरुष र १ सय ४ जना महिला छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७