सुर्खेत । कर्णालीमा सोमबार एकै दिन १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दैलेखको नौमुले गाउँपालिकामा मात्रै ८७ जना संक्रमित भेटिएका छन् । यसैगरी दुल्लु नगरपालिकामा १ र नारायण नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुर्खेतको बराहताल गाउँपालिकामा ३, पञ्चपुरी नगरपालिकामा ८, चौकुने गाउँपालिकामा ३, लेकबेशी नगरपालिकामा ४, सिम्ता गाउँपालिकामा १ गरी १९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरु २ वर्षदेखि ५४ वर्ष उमेर समूहका रहेका छन् ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ। तीमध्ये ३ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना निको भएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७