काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनका अनुसार निजी ल्याबमा लाग्ने परीक्षण खर्च सरकारले नै व्यहाेर्ने छ ।
यसैगरी विदेश जाँदा आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि सरकारले ३ ल्याब तोकेको उनले जानकारी दिएका छन् । उनका अनुसार निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७