काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा २ सय ४७ पुरुष र ३६ जना महिलामा कोरोना पुष्टि भएको बताए ।
यससँगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । जसमा पुरुषको संख्या ४ हजार ९ सय ४९ र महिलाको संख्या ३ सय ८६ छ ।
त्यस्तै अहिलेसम्म ९ सय १३ जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यसैगरी अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शुक्रबार बारा निजगढ ६ का ५ वर्षीय बालकको शुक्रबार वीरगन्जस्थित हेल्थकेयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी गत बुधबार वीरगन्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ वर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७