काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ ।
शनिबार सरकारले अहिलेसम्म कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सो विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक खर्च विवरण अनुसार क्वारेन्टाइनका लागि मात्रै १३ करोड ५५ लाख ९८ हजार खर्च गरिएको उल्लेख छ । संघीय सञ्चित कोषबाट ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको थापाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
त्यस्तै औषधि, स्वास्थ्य पूर्वाधार,जनशक्ति परिचालन, क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ।
त्यस्तै प्रदेश सरकारका तर्फबाट १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७