काठमाडाैं । नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय २४ जना पुरुष र२४ जना महिला गरी ४ सय ४८ जनामा काेराेना देखिएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १० जनामा काेराेना देखिएकाे छ ।
यसैगरी पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। तीमध्य ४७०९ पुरुष र ३५३ महिला छन्।
यो एकैदिन परीक्षण गर्दा देखिएका संक्रमितमध्येको सबैभन्दा बढी संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
संक्रमितमध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
यसैगरी कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु भएकाे छ भने ८ सय ७७ जना उपचारपछि निकाे भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७