सुर्खेत । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल‚ सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला‚ सुर्खेतमा गरिएको परीक्षणअनुसार सुर्खेत र दैलेखमा थप ८३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये ७ जना महिला छन् भने बाँकी संक्रमित पुरूष रहेको मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७