काठमाडौं । कोरोना भाइरसका कारण ओमानमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्काउन सरकारले ५१० अमेरिकी डलर अर्थात ६१ हजारभन्दा बढी नेपाली रुपैयाँ भाडा निर्धारण गरेको छ ।
तर ओमानस्थित नेपाली दूतावासले भने साे रकम तिरेर नेपालीहरू आउन नसक्ने भन्दै झन्डै आधा मात्रै हुने गरी भाडादर कायम गरेकाे छ ।
दूतावासले सलाम एयरकाे विमान चार्टर गरेर २९९ अमेरिकी डलर अर्थात करिब ३५ हजार नेपाली रुपैयाँमै नेपालीहरूलाई स्वदेश फर्काउने भएको छ ।
कुवेतमा अप्ठ्यारोमा परेका ३६० नेपालीहरुलाई १५ जुन (असार १ गते) र २१ जुन (असार ७ गते) स्वदेश पठाइने दूतावासले जनाएको छ ।
दूतावास स्रोतका अनुसार १५ जुनमा ओमानबाट १ सय ८० नेपाली स्वदेश फर्काइने छ। २१ जुनमा पनि साेही संख्यामा नेपाली फर्काइने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७