सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ सय ६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ६३ पुगेको हो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका ५ महिने बच्चा, ४ महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७