काठमाडौँ । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ ।
क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिपाेर्ट पोजेटिभ आएको हाे ।
अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर–४ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिइन् ।
घाँटीको शल्यक्रिया गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि गएकाे मंगलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।
अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गरेका उनको बुधबार बाटोमै मृत्यु भएकाे हो ।
यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका उनको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि पुनः स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७